जबरजस्ती करणी आरोपमा इन्सपेक्टर पक्राउ
टुडेपाटी-
काठमाडौं, असोज १६ गते ।
जबरजस्ती करणी गरेको आरोपमा प्रहरी इन्स्पेक्टर पक्राउ परेका छन् ।
महिला प्रहरीले इन्सपेक्टर अपूर्व ढुंगाना विरुद्ध जबरजस्ती करणीको उजुरी दिएपछि उनलाई पक्राउ गरिएको हो ।
पीडित महिला प्रहरी र आरोपित प्रहरी निरीक्षक ढुंगाना इलाका प्रहरी कार्यालय, खानीखोलामा कार्यरत थिए । ढुंगाना यहाँका प्रमुख समेत हुन् ।
महिला प्रहरीले जबरजस्ती करणीको प्रयास गरेको जाहेरी दिएपछि शनिबार ढुंगानालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय, धादिङका प्रवक्ता डीएसपी श्यामबहादुर खत्री भन्छन्, ‘यहाँ ल्याएर बुझ्ने काम भइरहेको छ ।’
Sponsored