कोदालो प्रहार गरी जिवछी देवीको हत्या, क्रिया बसेका श्रीमान् पक्राउ
टुडेपाटी-
जनकपुरधाम, असोज ११ गते ।
धनुषाको मिथिलाबिहारी नगरपालिका ५ ललियाकी ४५ वर्षीया जीवछी देवीको हत्या आफ्नै श्रीमानले गरेको खुलेको छ । हत्या आरोपमा क्रिया बसेका श्रीमान् रामा मण्डललाई प्रहरीले पक्राउ गरेको हो ।
अनुसन्धानको क्रममा श्रीमान् रामाले नै घरायसी विवादमा श्रीमती जीवछीको टाउकोमा कोदालोको पाछाडिको बिट प्रहार गरि हत्या गरेको खुलेको धनुषाका प्रहरी प्रवक्ता डिएसपी प्रदीप बहादुर क्षेत्रीले बताए ।
रामालाई घटनाको ५ दिन पश्चात् क्रिया बसेको अवस्थामा घरबाट पक्राउ गरेको प्रहरीले जनाएको छ । उनले घरायसी विवादमा कोदालोको बीट प्रहार गरि हत्या गरेको स्वीकार गरेको र प्रहार गरेको कोदालो समेत उनको बयान अनुसार धानखेतबाट बरामद भएको डिएसपी क्षेत्रीले बताए ।
गत असोज ४ गते घर नजिकै बाँसघारीमा जिवछी देवीको शव फेला परेको थियो ।
किन भयो हत्या ?
Sponsored
धनुषा प्रहरीका अनुसार रामाका दुई छोरा छन् । २२ वर्षीय विनय मण्डल र कान्छो छोरा वर्ष २० क संजय मण्डल । कान्छो छोरा संजय हाल बैदेशिक रोजगारको सिलसिलामा कतारमा रहेका छन् । जेठो छोरा विनय एक वर्ष अघि ३ वर्ष विदेश बसेर कमाएको करिब २० लाख रुपैयाँ, दाईजोमा पाएको मोटरसाईकल र श्रीमतीको गर-गहना समेत बेची ऋण तिरेकोका छन् । तर कान्छो छोरा हाल बिदेशबाट कमाएको पैसा मृतक आमाको नाममा पठाउने गरेका थिए । बाँकी रहेको ऋण तिर्न सहयोग नगरेको विषयलाई लिएर घर परिवारमा बेला बेलामा झै-झगडा हुँदै आएको थियो ।
घट्नाको १०/११ दिन अगाडी मृतकको दुई छोराहरु एक-आपसमा छुट्टिएका थिए । जेठो छोरा एक्लै र कान्छो छोरासँग बुबा र आमा बस्दै आएका थिए ।
जिवछी देवी मण्डल गत असोज ४ गते बिहान ७ बजे तगारोमा गोबर (मल) लिई आफनो खेतबारीमा छर्न गएकी थिइन् ।
त्यस भन्दा अघि श्रीमान् रामा घरबाट कोदालो र हसिया लिई भकारी बनाउनको लागि बाँसको टाटी काट्न पुगेका थिए ।
आफनो खेतबारी नजिकै रामनारायणको बाँसघारीको डिलमा दुबैजनाबीच बाँकी ऋण कसरी चुक्ता गर्ने बिषयमा कुराकानी सुरु भएको थियो । सोही क्रममा विवाद हुँदा जिवछी देवी मण्डलले श्रीमान रामालाई बुवाको नामसमेत जोडी अश्लील गाली गलौज गर्न थालेपछि आवेशमा कोदालोको पछाडीको बिटले टाउकोमा हिर्काएका थिए । टाउको फुटेर डिलबाट भुईमा लडेर छटपटिन थालेपछि पुनः टाउकोमा हिर्काई हत्या गेरको स्वीकारेको प्रहरको अनुसन्धानबाट खुलेको हो ।
हत्या पश्चात शंका नलागोस भनेर रामाले श्रीमतीले लगाएको चुरा आफै फुटाएर घटनास्थलमा यत्रतत्र छरेको, कोदालो अर्काको खेतमा फालेर भागेको खुलेको प्रहरीको भनाइ छ । घटनाको अनुसन्धानमा हत्या गर्न प्रयोग भएको कोदालो घट्नास्थालबाट करिब ८० मिटर उतर पश्चिमको कुनामा धानको खेतमा फेला परेको छ । रामामाथि थप अनुसन्धान भइरहेको डिएसपी क्षेत्रीले बताए ।