TodayPati

मधेश प्रदेश : भारत लग्दै गरेको चाँदीसहित दुईजना पक्राउ

टुडेपाटी–
जनकपुरधाम, असोज १० गते ।

सप्तरी प्रहरीले नेपालबाट भारत तर्फ लग्दै गरेको चाँदीसहित दुईजना पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा झापाको शिवसतासी नगरपालिका २ बस्ने २५ वर्षीय करण लोहार र कमल गाउँपालिका ४ बस्ने ३५ वर्षीय मणी प्रसाद बिश्वकर्मा रहेको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक माधव प्रसाद काफ्लेले जानकारी दिए ।

Sponsored

दुबैजनाले बोकेको झोलाबाट प्रहरीले बिभिन्न तयारीका चाँदीका औठी, काडा, ब्रासलेट, बाला गरी १३ केजी ९५५ ग्राम चाँदी बरामद गरेको हो बरामद गरिएको चाँदी १४ लाख ११ हजार ७०७ रुपैयाँ बराबरको रहेको छ ।

बरामद गरेको चाँदीसहित दुबैजनालाई आवश्यक कारवाहीको लागी राजश्व अनुसन्धान कार्यालय ईटहरी सुनसरी पठाईएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *