TodayPati

धनुषाबाट साढे १९ लाखको चाँदीसहित भारतीय नागरिक पक्राउ

टुडेपाटी–
जनकपुरधाम, असोज ९ गते ।

सशस्त्र प्रहरीले धनुषाको सीमा क्षेत्रबाट साढे १९ लाख बराबरको चाँदीसहित एकजना भारतीय नागरिकलाई नियन्त्रणमा लिएको छ ।

जटही नाकाबाट भारतबाट नेपाल तर्फ ल्याउँदै गरेको अवस्थामा सशस्त्र प्रहरीले भारतको बिहारका मधुवनी जिल्लाको सुट्ठी गाउँका ५० वर्षिय चन्द्रकान्त झालाई पक्राउ गरेको छ ।

Sponsored

साइकलमा सवार भई शरिरमा चाँदीको पोकाहरु बाँधेर ल्याउँदै गर्दा चेकजाँचको क्रममा उनलाई पक्राउ गरिएको सशस्त्र प्रहरीले जनाएका छन् ।

सशस्त्र प्रहरीले बरामद गरेको १९.४१७ केजी चाँदीको मूल्य १९ लाख ६४ हजार ३ सय ४० नेपाली रुपैयाँ रहेको छ ।

आवश्यक कारवाहीका लागि चाँदी र पक्राउ परेका व्यक्तिलाई भन्सार कार्यालयमा बुझाइएको सशस्त्र प्रहरीले जनाएको छ ।

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *