TodayPati

मधेश प्रदेश : नागरिकता मागेका कारण हत्या

टुडेपाटी
वीरगञ्ज, असोज ३ गते ।

बारामा नागरिकता बनाईदिन आग्रह गर्दा एकजनाको हत्या भएको छ । जिल्लाको कलैया उपमहानगरपालिका–७ कि तेतरी देवीको नागरिकताकै कारण हत्या भएको हो ।

धारिलो हतियार प्रहार गरेर सौताको छोरा जयप्रकाशले तेतरी देवीको हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट देखिएको जिल्ला प्रहरी कार्यालय बाराका प्रमुख प्रहरी उपरीक्षक होविन्द्र बोगटीले जानकारी दिए ।

Sponsored

हत्यामा प्रयोग भएको धारिलो हतियार समेत प्रहरीले बरामद गरेको छ । घटनापछि जयप्रकाश र उनकी आमा धनमन्ती देवी फरार छन् ।

तेतरीले श्रीमान शिवनारायण यादवलाई नागरिकता बनाइदिन आग्रह गर्दै आएकी थिइन् । नागरिकता बनाएपछि अंश दिनुपर्ने भएकाले उनीहरुले हत्या गरेको प्रहरीको दाबी छ ।

मृतकसँग नागरिकता नरहेका कारण सो विषयमा घरमा विवाद हुने गरेको थियो ।

Sponsored

घटनापछि मृतक तेतरीका दाजु लक्ष्मी राउतले श्रीमान ६० वर्षीय शिवनारायण यादव, सौता धनमन्ती देवी र सौताको छोरा जयकिशोर यादव विरुद्ध कर्तव्य ज्यान मुद्दामा किटानी जाहेरी दिएका छन् ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *