जनकपुरधामको स्वर्गद्वार बनाउने सिंघानियालाई प्रवल जनसेवाश्री पदक
टुडेपाटी-
जनकपुरधाम, असोज ३ गते ।
जनकपुरधाममा स्वर्गद्वार बनाउने पवन कुमार सिंघानिया प्रवल जनसेवाश्री पदकबाट सम्मानित भएका छन् ।
संविधान दिवसको अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले विभिन्न व्यक्तिलाई पदक दिएकी हुन् ।
सिंघानियाले श्मशान घाटलाई घुम्ने गन्तव्यको रुपमा परिणत गरेका हुन् ।
यस्तै सोही पदकबाट धनुषाका गंगाराम यादव, महोत्तरीका लक्ष्मी महतो सम्मानित भएका हुन् ।
यस्तै विकास रत्न पदकबाट धनुषाको वटेश्वरका कृषक गणेश कुमार साह सम्मानित भएका हुन् ।
Sponsored