TodayPati

मधेश प्रदेश : चामल भनेर चिनी लोड गर्ने दुईवटा ट्रक प्रहरी नियन्त्रणमा

टुडेपाटी–
जनकपुरधाम, भदौ ३१ गते ।

चामल भनेर चिनी लोड गर्ने सर्लाहीमा दुईवटा ट्रकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

बिहीवार हरिवन नगरपालिका १० नयाँरोडस्थित विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय सर्लाहीबाट खटेको प्रहरी टोलीले ट्रक नियन्त्रणमा लिएको प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक विजय यादवले जानकारी दिए।

Sponsored

हरिवन १० स्थित नयाँरोड बरहथवा सडकखण्डमा दक्षिणबाट उतरतर्फ आउँदै गरेको प्रदेश २–०३–००१ ख ६५८५ नम्बरको ट्रक र ना ७ ख ६१४५ नम्बरको ट्रकलाई रोकी चेकजाँच गर्दा प्रदेश २–०३–००१ ख ६५८५ नम्बरको ट्रकमा ५० किलो दरको ५०० बोरा चिनी र ना ७ ख ६१४५ नम्बरको ट्रकमा ४८० बोरा चिनी फेला परेको हो।

प्रहरीका अनुसार नियन्त्रणमा लिएको दुईवटा ट्रक र चिनी १ करोड ९४ लाख बराबरको रहेको छ । यस्तै प्रहरीले दुबै ट्रकका चालकलाई समेत नियन्त्रणमा लिएर आवश्यक कारवाहीका लागि भन्सार कार्यालय मलंगवामा पठाइएको छ।

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *