TodayPati

मधेश प्रदेशमा म्यादी प्रहरीका लागि पहिलोदिन ८ हजारभन्दा बढीले दिए आवेदन

टुडेपाटी-
जनकपुरधाम, भदौ ३१ गते ।

मधेश प्रदेशमा म्यादी प्रहरीको आवेदन खुलेको पहिलो दिन ८ हजारभन्दा बढीले आवेदन फारम भरेका छन्।

आगामी मंसिर ४ मा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको सुरक्षाका लागि सरकारले १ लाख १५ हजार म्यादी प्रहरीका लागि आवेदन खुलाएको छ।

Sponsored

बिहीबार मधेश प्रदेशका ८ जिल्लामा ८ हजार ४१३ जनाले म्यादी प्रहरीका लागि आवेदन दिएको मधेश प्रदेश प्रहरी कार्यालय जनकपुरधामका प्रवक्ता प्रहरी उपरीक्षक सुमन तिम्सिनाले जानकारी दिए।

आवेदन दिनेमा २ हजार २९७ महिला र ६ हजार ११६ पुरुष रहेका छन् ।

सप्तरीमा १ हजार ६०३ जनाले आवेदन दिएका छन्। जसमा ४३५ महिला र १ हजार १६८ पुरुष छन्।

Sponsored

यस्तै सर्लाहीमा ३५९ महिलासहित १ हजार ४२२, सिरहामा ३७५ महिलासहित १ हजार ९४, धनुषामा २६२ महिलासहित १ हजार ८४, रौतहटमा १३६ महिलासहित १ हजार ६, महोत्तरीमा २६० महिलासहित ७८५, बारामा २४१ महिलासहित ७२७ र पर्सामा २९ महिलासहित ६९२ जनाले म्यादी प्रहरीका लागि आवेदन दिएका छन् ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *