मधेश प्रदेश : स्रोत नखुलेको १५ लाखभन्दा बढी रकमसहित दुईजना पक्राउ
टुडेपाटी–
जनकपुरधाम, भदौ २६ गते ।
नेपालबाट भारततर्फ रुपैयाँ लग्दै गरेको अवस्थामा सर्लाहीबाट दुईजना पक्राउ परेका छन् ।
बाँकेको कोहलपुर नगरपालिका ६ घर भई हाल काठमाण्डौ चन्दागिरी नगरपालिका १२ मा बस्ने ३५ वर्षीय जनकराज हमाल र धादिङको गल्छी गाउँपालिका ५ घर भई काठमाण्डौ १४ मा बस्ने २५ वर्षीय सुमन खतिवडालाई स्रोत खुल्न नसकेको १५ लाख १६ हजार रुपैयाँसहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।
सशस्त्र प्रहरी बल र भारतबाट खटेको एसएसबी सहितको टोलीले मलंगवा नगरपालिका ८ स्थित नेपाल भारत सिमाना एरियामा आवत जावत गर्ने सवारी साधन तथा मानिसहरुलाई रोकी चेकजाँच गर्ने क्रममा दुबैजनालाई पक्राउ गरिएको प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक बिजय यादवले जानकारी दिए ।
बा ९८ प ७१५८ नम्बरको मोटरसाईकलमा दुबैजना सवार भइ नेपालबाट भारत तर्फ गइरहेकोमा उनीहरुको शरीर तथा झोला तलासी गर्दा श्रोत खुल्न नसकेको झोलाबाट १५ लाख नेपाली रुपैयाँ र ,साथबाट १६ हजार बरामद भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
Sponsored