TodayPati

वीरगन्जमा ‘मेयर घरदैलो स्वास्थ्य कार्यक्रम’ सुरु

टुडेपाटी–
पर्सा, भदौ २६ गते ।

वीरगञ्जको एक मात्र महानगरपालिका वीरगन्जमा ‘मेयर घरदैलो स्वास्थ्य कार्यक्रम’ सुरु भएको छ ।

वीरगञ्ज महानगरपालिकाले वडा नम्बर ३० लालपर्सा स्वास्थ्य चौकीबाट उक्त कार्यक्रमको सुरुवात गरेको हो।

Sponsored

नगर प्रमुख राजेशमान सिंहले कार्यक्रमको उद्घाटन गर्दै वीरगन्जवासीको स्वास्थ्य तन्दुरुस्त राख्नलाई ‘मेयर घरदैलो स्वास्थ्य कार्यक्रम’ सञ्चालनमा ल्याएको बताए।

यस कार्यक्रम अन्तर्गत महिला, वृद्धवृद्धा, युवाका सबैखाले रोगको परीक्षण गरिनेछ । खुल्ला रूपमा कार्यक्रममार्फत स्वास्थ्य परीक्षण गराउन नगर प्रमुख सिंहले स्थानीयबासीलाई आग्रह गरे।

स्वास्थ्य शाखा प्रमुख रितेश जैसवालले कार्यक्रममार्फत ९८ किसिमको औषधिसमेत वितरण हुने जानकारी दिए । उनका अनुसार महानगरपालिकाको मोबाइल सेवा ल्याबबाट विभिन्न किसिमको रोगको परीक्षणसँगै निःशुल्क औषधि वितरण गर्न थालिएको छ।

Sponsored

यस कार्यक्रम मार्फत आइतबारदेखि बिहीबारसम्म बिहान ९ बजेदेखि ५ बजेसम्म चेकजाँच हुनेछ ।

यस कार्यक्रममा वीरगन्ज महानगरपालिकाको चिकित्सक र स्वास्थ्यकर्मीहरू परिचालन गरिएको छ ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *