प्रहरीको हिरासतबाट छुटेपछि अदालतमा हाजिर भए शिवराज श्रेष्ठ
टुडेपाटी–
जनकपुरधाम, भदौ २३ गते ।
प्रहरीको हिरासतबाट छुटेपछि शिवराज श्रेष्ठ अदालतमा हाजीर भएका छन् ।
निहारिका सिंह राजपुत भनिने सोनालीकुमारी सिंहबाट जन्म भएको बालकको सम्बन्धमा डीएनए टेष्ट गर्न आरोपित श्रेष्ठ उच्च अदालत जनकपुरमा हाजिर भएका छन् ।
बुधबार जिल्ला प्रशासन कार्यालय धनुषाबाट एक हजार धरौटीमा रिहा भएलगत्तै श्रेष्ठ बिहीबार उच्च अदालत पुगेका हुन् ।
उच्च अदालत जनकपुरले निहारिका राजपुतको माग बमोजिम नै उनीबाट जायजन्म भएको बालक र आरोपित शिवराज श्रेष्ठको डीएनए टेष्टको आदेश दिएको थियो ।
निहारिकाको माग बमोजिम अदालतले दुवैको डीएनए टेष्ट गराउने आदेश दिएको थियो ।
Sponsored
निहारिकाले श्रेष्ठले आफूमाथि जबरजस्ती करणी गरी बालकको जायजन्म भएको माग गर्दै आएकी छिन् भने आरोपित श्रेष्ठले आफूहरूबीच माया–प्रेम रहेको र सोही समयमा सहमतिमै यौनसम्बन्ध भएको बताएका छन् ।
धनुषा जिल्ला अदालतले पनि जबरजस्ती करणीको कसुरमा शिवराजलाई सफाई दिइसकेको छ ।