TodayPati

मधेस प्रदेश : प्रशासनले तडकभडक कार्यक्रममा लगाएको रोक कागजमै सीमित, जताततै प्रहरीकै सेटिङमा ‘आर्केष्ट्रा’

टुडेपाटी-
सिरहा, भदौ २३ गते ।

जिल्ला प्रशासन कार्यालय सिरहाले नेपाली समाजको सामाजिक सांस्कृतिक चाडपर्वमा विकृतिको रूप लिँदै गरेको आर्केष्ट्रालगायत तडकभडक सिर्जना हुने कार्यक्रममा रोक लगाएको छ ।

सहायक प्रमुख जिल्ला अधिकारी आनन्द पौडेलद्वारा सूचनामा भनिएको छ, “नेपाली समाजमा समाजिक सांस्कृतिक चाडपर्व आउने क्रममा छन् । चाडपर्व मनाउने संस्कार परम्परादेखि नै चलिआएकोमा वर्तमान समयमा भड्किलो हुँदै गएको सर्वविदितै छ । यसले गर्दा शान्ति सुरक्षामा चुनौती थपिएको छ । युवामा सांस्कृतिक विचलन बढ्दो छ । उच्छृङ्खलता बढ्दै गएको छ । सांस्कृतिक मूल्यमान्यतामा ह्रास आएको छ । यी विषय गम्भीर चुनौतीको रूपमा रहेको छन् ।”

Sponsored

प्रशासनले चाडपर्व संयमितरूपले मनाउने वातावरणको सिर्जना गर्न, परम्परा र सांस्कृतिक जगेर्ना गर्न तथा शान्ति सुरक्षा बहाल गर्नका लागि जिल्लाभरि नै आर्केष्ट्रालगायतका तडकभडक सिर्जना गर्ने कार्यक्रम निषेध गरिएको जनाएको छ । अटेर गरी कार्यक्रम आयोजना गरेमा कानूनबमोजिम कारबाही हुने प्रशासनले जनाएको छ ।

तर प्रशासनको यो कदम कागजमै सीमित हुने विगतको घटनाक्रमले लिन सक्छौं । गाउँघरका केही अशिक्षित युवाहरूको जमातले स्थानीय प्रहरीकै सेटिङमा जताततै आर्केष्ट्रालगायतका विकृति मौलाउने गतिविधि गरिरहेको सवर्विदितै छन् । झन् प्रहरी बर्दीमै आर्केष्ट्राको नर्तकीहरुसँग पदीय गरिमामयको ख्यालै नगरी नाच्नेसमेत गरेको मधेसमा कयौं उदाहरणहरु विगतमा देखिएका छन् ।

यस्तो गतिविधिले गर्दा आगामी दिनमा हुने इन्द्रजात्रा, विश्वकर्मा मेलालगायतमा आर्केष्ट्रा हुने निश्चित नै रहेको बौद्धिकवर्गका व्यक्तिको अनुमान छ ।

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *