मधेश प्रदेश : स्रोत नखुलेको ७ लाखसहित एक जना पक्राउ
टुडेपाटी–
पर्सा, भदौ १९ गते ।
पर्सामा स्रोत नखुलेको ७ लाख रकमसहित एकजना पक्राउ परेका छन् ।
जिल्लाको वीरगञ्ज महानगरपालिका १६ शंकराचार्य गेटस्थित सडकखण्डमा स्रोत नखुलेको रकम लिएका एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको हो ।
भारतको रक्सौलबाट वीरगन्जतर्फ मोटरसाइकलमा आउँदै गरेका बाराको जितपुर सिमरा उपमहानगरपालिका ७ का ५० वर्षीय हरिनारायण प्रसाद कुर्मी पक्राउ परेका छन् ।
कुर्मीको ना २८ प २८९० नम्बरको रातो रंगको मोटरसाइकल रोकी जाँच गर्दा कुर्मीले मोटरसाइकलको सिटमुनि र ट्याङ्कीमा लुकाएर राखेको ७ लाख नेपाली रुपैयाँ बरामद भएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।
Sponsored