TodayPati

वरिष्ठ पत्रकार राजेश्वर नेपालीको ७८ औं जन्मदिन भव्य रुपमा मनाइयो, ७८ जनालाई सम्मान

टुडेपाटी-
जनकपुरधाम, भदौ १८ गते ।

वरिष्ठ पत्रकार तथा प्रेस स्वतन्त्रता सेनानी राजेश्वर नेपालीको ७८ औं जन्मोत्सव भव्यताको साथ मनाइएको छ ।

रविन्द्र स्मृति प्रतिष्ठानले जनकपुरधामको वडा नंं २३ वेलामा शनिबार “राजेश्वर नेपालीको व्यक्तित्व तथा कृतित्व” सम्बन्धी कार्यक्रम गरी जन्मोत्सव मनाइएको हो ।

Sponsored

रविन्द्र स्मृति प्रतिष्ठानका अध्यक्ष एवं जनकपुरधाम उपमहानगरपालिका वडा नंं २३ का वडाध्यक्ष राघवेन्द्र साहको अध्यक्षतामा भएको कार्यक्रममा समाजका विभिन्न क्षेत्रमा योगदान पुर्याएका पत्रकार, साहित्यकार, कलाकार, समाजसेवी, सन्त महन्तसहित ७८ जनालाई सम्मान गरिएको छ ।

कार्यक्रमममा बोल्दै बक्ताहरुले वरिष्ठ पत्रकार नेपालीको समाज तथा देशको व्यवस्था परिवर्तनमा अमूल्य योगदान रहेको चर्चा गर्दै उनी राष्ट्रको जिउँदो इतिहास रहेको बताएका छन् ।

मधेश प्रदेशका प्रमुख हरिशंकर मिश्रले पत्रकार नेपाली पत्रकारिता क्षेत्रको जिउँदो इतिहास रहेको बताए ।

Sponsored

नेपालीले कठोर पञ्चायत कालमा पनि लोकतन्त्रको स्थापनाका लागि पत्रकारिता मार्फत गरेकै अतुलनीय योगदानको कारण पटक पटक जेलनेल भोगको बताउँदै प्रदेश प्रमुख मिश्रले राजेश्वर नेपालीको योगदानको जति प्रशंसा गरेपनि कम हुने बिचार व्यक्त गरे ।

प्रदेश प्रमुख मिश्रले प्रेस स्वतन्त्रता सेनानी नेपालीको पत्रकारिताको साथै मैथिली तथा हिन्दी साहित्यको क्षेत्रमा भएको योगदान निक्कै महत्त्वपूर्ण भएको पनि बताए ।

मधेश प्रदेशका नीति तथा योजना आयोगका उपाध्यक्ष डा. भोगेन्द्र झाले राजेश्वर नेपाली नेपालको पत्रकारिता जगतको धरोहर भएको बताए । कठिन समयमा पनि निर्भिक पत्रकारिता पत्रकार नेपालीले गरेकाले नयाँ पुस्ताको लागि प्रेरणाको श्रोत भएको झाको भनाइ थियो ।

कार्यक्रममा वृहत्तर जनकपुर क्षेत्र विकास परिषदका अध्यक्ष सितल साह, मिडिया काउन्सिलका अध्यक्ष शिवहरि भट्टराई, आम सञ्चार प्राधिकरणका अध्यक्ष श्यमसुन्दर यादव, मठिहानी नगरपालिकाका मेयर हरिप्रसाद मण्डल, जनकपुरधाम उपमहानगरपालिकाका उपमेयर किशोरी साह, नेपाल पत्रकार महासंघ मधेश प्रदेशका अध्यक्ष राजेश कर्ण, पत्रकार नित्यानन्द मण्डल लगायतले आ आफ्ना मन्तव्य राखेका थिए ।

कार्यक्रममा बरिष्ठ पत्रकार नेपालीको जीवनीमाथि बरिष्ठ पत्रकार उपेन्द्रभगत नागवंशीले प्रकाश पारेका थिए भने कार्यक्रम संचालन पत्रकार श्रीनारायण साहले गरेका थिए ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *