मधेश प्रदेश : लागूऔषधसहित २२ वर्षीय युवक पक्राउ
टुडेपाटी–
जनकपुरधाम, भदौ १८ गते ।
प्रतिबन्धीत लागूऔषधसहित सिरहाबाट एक युवक पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा सिरहाको बिष्णुपुर गाउँपालिका ३ रजखोर टोल बस्ने २२ वर्षीय राजपति यादव रहेको ईलाका प्रहरी कार्यालय मिर्चैयाले जनाएको छ ।
यादवलाई नरहा गाउँपालिका ३ नयाँ चौहर्वा चौक स्थित लागूऔषध नियन्त्रण व्युरो र ईलाका प्रहरी कार्यालयबाट खटेको संयुक्त प्रहरी टोलीले गोप्य सूचनाको आधारमा स ५ प ५०७७ नम्बरको मोटरटरसाईकलबाट कोडिवेल नामक लागूऔषध ८८ बोतल बरामद गरेको हो ।
यस सम्बन्धमा थप अनुसन्धान भइरहेको ईलाका प्रहरी कार्यालय मिर्चैयाले जनाएको छ ।
Sponsored