सिरहामा मोटरको तार जोड्न जाँदा करेन्ट लागेर युवकको मृत्यु
टुडेपाटी-
सिरहा, भदौ १८ गते ।
सिरहामा करेन्ट लागेर एक युवकको मृत्यु भएको छ ।जिल्लाको नरहा गाउँपालिका ५ मा करेन्ट लागेर एक युवकको मृत्यु भएको हो ।
घरमै रहेको पानी तान्ने मोटरको तार विद्युतीय बोर्डमा जोड्ने क्रममा करेन्ट लागेर स्थानीय २२ वर्षीय सुनिल यादवको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।
करेन्ट लागेर सख्त घाइते भएका यादवलाई तत्काल सिरहाको धनगढीमाई नपा ९ स्थित आरके मेरीसीटी अस्पताल पुर्याइए पनि चिकित्सकले मृत घोषणा गरेको वडा अध्यक्ष हुकुमदेव यादवले जानकारी दिए ।
शव पोष्टमार्टमका लागि लहान अस्पतालमा राखिएको प्रहरीले जनाएको छ ।
Sponsored