जनकपुरधाम स्थित रेल्वे विभागको कार्यालयमा मुआब्जाको माग गर्दै धर्नामा बसे पीडित
टुडेपाटी–
जनकपुरधाम, भदौ १३ गते ।
जनकपुरधाम स्थित रेल्वे विभागको कार्यालयमा पीडितहरु धर्नामा बसेका छन् ।
रेल्वेको लिक तथा भवन निर्माण अन्तर्गत परेको जग्गाको मुआवजाको माग गर्दै उनीहरु आइतवार महोत्तरीको बर्दिबासबाट आएर जनकपुरधाम स्थित कार्यालयमा धर्नामा बसेका छन् ।
पीडितहरुले जिल्ला प्रशासन कार्यालयद्वारा प्रकाशित वर्गाीकरण अनुसारको दररेट कायम गर्नुपर्ने माग गर्दै धर्नामा बसेका हुन् ।
उनीहरुले जिल्ला प्रशासन कार्यालयले कायम गरेको वर्गीकरणको आधारमा मुआब्जा नदिई रेल्वेका कर्मचारीले मनमानरु गरेर कम मुआब्जा दिन चाहिरहेको आरोप लगाए ।
पीडितहरुले आफ्नो मागको बारेमा नेपाल रेल्वे कम्पनीका महाप्रबन्धकसँग आफ्नो कुरा राख्दा महाप्रबन्धक निरञ्जन झाले जग्गा मुआब्जाको जिम्मा कम्नीमा नभई विभाग अन्तर्गत रहेकाले यसमा आफुले केही गर्न नसक्ने जवाफ दिए ।
Sponsored
महाप्रबन्धक झाले पीडितहरुले राखेको धारणालाई विभागमा पु¥याइदिने तर यसमा आफु केही गर्न नसक्ने पीडितहरुलाई बताए ।
भारतको जयनगरदेखि महोत्तरीको बर्दिबाससम्ममा तीन चरणमा काम हुँदैछ ।
पहिलो चरण अन्तर्गत जयनगरदेखि जनकपुरधामको कुर्थासम्म निर्माण पुरा भई रेल्वे सेवा सञ्चालनमा आइसकेको छ ।
दोस्रो चरणमा कुर्थादेखि महोत्तरीको बिजलपुरा र तेस्रो चरणमा बर्दिबाससम्म निर्माण गर्ने योजना रहेको छ ।