महोत्तरीमा शिक्षकको कुटाइबाट छात्रा घाइते
टुडेपाटी-
महोत्तरी, भदौ ११ गते ।
महोत्तरीमा शिक्षकको कुटाइबाट एक छात्रा घाइते भएकी छन् ।
जिल्लाको औरही नगरपालिकास्थित प्रसाद माध्यमिक विद्यालयमा अध्ययनरत एक छात्रा शिक्षकको कुटाइबाट घाइते भएकी छिन् ।
कक्षा ६ मा पढ्ने आरतीकुमारी महरालाई गृहकार्य नगरेको भन्दै शिक्षकले निर्ममतापूर्वक बाँसको लठ्ठीले हानेर घाइते बनाएको खुलेको छ । छात्राको अहिले अस्पतालमा उपचार भइरहेको छ ।
विज्ञान विषयका शिक्षक दिपेश यादवले गृहकार्य नगरेको भन्दै निर्घात कुटेको परिवारको आरोप छ ।
बालिकाको शरीरभरी लठ्ठीको सुम्ला छ । यसैको पीडाले ज्वरो आएको उपचारमा संग्लन स्वास्थ्यकर्मीले जानकारी दिए ।
Sponsored
विद्यालयले पनि शिक्षक यादवले कुटेको स्विकार गरेको छ । कुटाइपछि होहल्ला भएपछि अभिभावक राखेर घटना गुपचुप बनाउन खोजेको अभिभावकहरूको गुनासो छ ।
विद्यालयका प्रधानाध्यापक शिवशरण यादवले आफुहरुलाई बोलाएर उपचार खर्च भन्दै पैसा दिन खोजेको तर आफुहरले नमानेको बलिकाका बुबा साजेन्द्र महराले बताए ।
उनले शिक्षकलाई कडा कारवाही गर्नुपर्ने माग राखेका हुन् ।
यता प्रधानाध्यापक यादवले घटनामाथि छानबिन गरी कारवाही प्रक्रिया अगाडि बढाउने आश्वासन पीडित पक्षलाई दिएका छन् ।