TodayPati

मधेश प्रदेश : श्राद्धको भोजमा हुने खर्चले एम्बुलेन्स किन्ने निर्णय

टुडेपाटी–
सिरहा, भदौ १० गते ।

सिरहाका एक जनप्रतिनिधिले श्राद्धमा हुने खर्चले एम्बुलेन्स किन्ने निर्णय गरेका छन् ।

सिरहा नगरपालिका ६ का अध्यक्ष इन्द्रजीत यादवले एक साताअघि बितेका आफ्ना हजुरआमाको श्राद्धको भोज नगर्ने र त्यो रकमले एम्बुलेन्स किन्ने बताएका हुन् ।

Sponsored

उनले सुरुमा श्राद्धको भोज गर्नुपर्छ भन्ने सबैको सहमति भएपनि पछि भोजको खर्च जोड्दा साढे ५ लाख रुपैयाँ हुने देखिएपछि निर्णय परिवर्तन गरेको बताए ।

यादवले अब त्यो रकममा अरु केहि रकम थपेर एम्बुलेन्स किनिने छ ।

उनले एम्बुलेन्स किन्नका लागि प्रकृया सुरु गरिसकेको समेत बताए ।

Sponsored

एम्बुलेन्स आएपछि सामान्य शुल्कमा सर्वसाधारणलाई उपलब्ध गराइने उनले बताए ।

एम्बुलेन्स आएपछि एउटा समिति नै बनाउने र समितिले निर्धारण गरेको शुल्क लिएर सेवा प्रवाह गर्ने उनले बताए । उनले ‘इन्धन र चालकको खर्च मात्रै लिएर एम्बुलेन्स सेवा प्रदान गर्ने बताए ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *