TodayPati

बटेश्वरमा तीजको दिन प्रदेश स्तरीय नृत्यकला प्रतियोगिता हुने, प्रथम हुनेलाई रु.५० हजार !

टुडेपाटी-
जनकपुरधाम, भदौ ९ गते ।

नेपाली महिलाहरुको महापर्व हरितालिका तीज र चौरचनको अवसरमा धनुषाको बटेश्वर गाउँपालिकामा मधेश प्रदेश स्तरीय सांस्कृतिक तीज उत्सव हुने भएको छ । बटेश्वर गाउँपालिका वडा नं. ४ स्थित शिवशक्ति यूथ क्लवको आयोजनामा मधेश प्रदेश स्तरीय वृहत नृत्य कला प्रतियोगिता हुन लागेको हो ।

अगामी भदौ १४ गते तीजको दिन हुने प्रतियोगितामा मधेश प्रदेशको आठवटै जिल्ला तथा प्रदेश नं. १ को बिराटनगरबाट समेत नृत्यकला केन्द्र (टीम)हरु सहभागी हुने क्लवका अध्यक्ष दिनेशकुमार साहले जानकारी दिए ।

Sponsored

नृत्यकला प्रतियोगितामा उत्कृष्ट गर्ने टिमहरुको लागि पुरस्कारको व्यवस्था समेत गरिएको छ । प्रथम पुरस्कार नगद ५० हजारसहित शिल्ड र प्रमाण पत्र, दोस्रो पुरस्कार नगद २५ हजारसहित शिल्ड र प्रमाण पत्र र तेश्रो पुरस्कार नगद ५ हजार र प्रमाण पत्र रहेको क्लवका प्रतिनिधि मदन विकले जानकारी दिए ।

उनका अनुसार नृत्यकला प्रतियोगितामा भाग लिन प्रत्येक टिमले २ हजार एकसय रुपैयाँसहित भदौ ११ गते भित्र नाम दर्ता गराउनु पर्ने छ । बटेश्वरको बटेश्वरनाथ महादेव मन्दिर परिसरमा हुने तीज उत्सवमा नृत्यकला प्रतियोगितामा भाग लिन टिमले केही नियामको पनि पालना गर्नुपर्ने आयोकले सर्त राखेको छ ।

आयोजक क्लवले राखेको सर्तहरु यस्तो छ:

Sponsored

१. प्रतियोगिता १ देखि ५ राउण्ड सम्म हुनेछ ।

२. दोस्रो राउण्ड देखि प्रत्येक राउण्डमा २ टिम आउट हुनेछ ।

३. यस प्रतियोगितामा युगल जोडी अनिवार्य हुनुपर्ने छ ।

४. यस प्रतियोगितामा आफ्नो इच्छा अनुसारको गीतमा नृत्य गर्न पाउने छ ।

५. भोजपुरी र अस्लिल गीतलाई प्रतिबन्ध गरिएको छ ।

६. निर्णायकको निर्णय नै अन्तिम निर्णय हुनेछ ।

७. यस प्रतियोगिता मा सहभागि हुने टिम १४ गते बिहान १० बजे भित्र उपस्थित भइसक्नु पर्नेछ ।

फाइल फोटो

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *