TodayPati

मधेशका ३५ सहित ५२ स्थानीय तहले पेश गरेन बजेट

टुडेपाटी-
काठमाडौं, भदौ ९ गते ।

चालू आर्थिक वर्षको पहिलो महिना बितिसक्दा पनि ५२ वटा स्थानीय तहले अझै बजेट पेश गर्न मधेश प्रदेशका ३५ सहित देशभर ५२ स्थानीय तहले बजेट ल्याउन सकेका छैनन् ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका अनुसार आर्थिक वर्ष २०७९/८० का लागि ५२ स्थानीय तहले बजेट पेश नगरेका हुन् ।

Sponsored

चालु आर्थिक वर्षको बजेट पेश नगर्नेमा प्रदेश १ का २, मधेश प्रदेशका ३५, बागमती प्रदेशका ३, लुम्बिनी प्रदेशका ७, कर्णाली प्रदेशका ३ र सुदूरपश्चिम प्रदेशका २ स्थानीय तह रहेका छन् ।

गण्डकी प्रदेशको मात्र सबै स्थानीय तहले बजेट पेश गरिसकेका छन् ।

मन्त्रालयका अनुसार कूल ७५३ स्थानीय तहमध्ये हालसम्म ७०१ वटा स्थानीय तहले बजेट पेश गरिसकेका छन् ।

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *