TodayPati

हावाहुरीले भत्कायो नारायणी अस्पतालको आइसोलेसन वार्ड

टुडेपाटी-
वीरगञ्ज, वैशाख ९ गते ।
सोमबार राति आएको हावाहुरीले वीरगन्जको नारायणी अस्पतालमा बनाइएको आइसोलेसन वार्डमा क्षति भएको छ । कोरोना संक्रमितलाई आइसोलेसन वार्डमा भर्ना गरेर उपचार भइरहेको अवस्था एक्कासी आएको हावाहुरी तथा पानीले क्षति पुर्याएको हो ।

अस्पतालको इमर्जेन्सी वार्डमाथी आइसियु नजिक अस्थाइ रुपमा २० शैयाको आइसोलेशन वार्ड निर्माण गरिएको थियो ।

बनाइएको आइसोलेसन वार्डको दुइतिर कै आल्मुनियम र सिसाले बनाइएको पर्खाल भत्केपछी उपचार्थ ४ जना कोरोना सक्रमितलार्इ नजिककै रहेको आइसियु वार्डमा सारिएको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. मदन प्रसाद उपाध्यायले जानकारी दिए ।

Sponsored

उनले भने, ‘एक्कसी आएको हावाहुरीलाई अस्थायी आइसोलेशनले धेक्न सकेन, दुबैतिरको पर्खाल भत्केर पानी पसेको तर हामीले सक्रमितलाइ सुरक्षित ठाउमा राखेर उपचार गरि रहेका छौँ ।’

‘अब मर्मत गरेर फेरि त्यसलार्इ मिलाएर राख्छौ । हामीसँग यसको अलवाला पनि पर्याप्त स्थान छ सक्रमितलाई उपचार गर्न पछि हटदौर्नाँ,’ उनले भने ।

आइसोलेसन वार्डमा वीरगन्ज छपकैया स्थित मस्जिदमा रहेका तीन जना भारतीय मुस्लिम धर्म प्रचारक र रौतहटका एक जनामा गरि चारजनामा कोरोना पोजेटिभ भेटिएपछी उपचारको लागि भर्ना गरिएको छ ।

Sponsored

हावाहुरीले वीरगन्ज लगायत जिल्ला भरी नै क्षति पुर्याएको पर्सा प्रहरीले जनाएको छ । हावाले जिल्ला प्रशासन कार्यालयको गेट, स्थानियको छाना उडाएको, कसैको घरको पर्खालमा क्षति पुर्याएको खबर आएपनी यकिन क्षतिको बिवरण संकलन गर्ने काम भइरहेको पर्सा प्रहरीले जनाएको छ ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *