TodayPati

बटेश्वरको विद्यालयमा ट्राफिक तथा लागुऔषध सम्बन्धि सचेतना कक्षा

टुडेपाटी-
जनकपुरधाम,भदै २ गते ।

धनुषाको बटेश्वर गाउँपालिका ४ स्थित श्री शिव शक्ति माध्यमिक विद्यालयमा ट्राफिक तथा लागुऔषध सम्बन्धि सचेतना कार्यक्रम सम्पन्न भएको छ ।

ट्राफिक प्रहरी कार्यालय धनुषाका प्रमुख प्रहरी निरीक्षक चन्द्रभुषण यादवले ट्राफिक नियमको विषयमा विद्यार्थीहरुलाई प्रशिक्षण दिएका छन् ।

Sponsored

सडक दुर्घटनाको मुख्य कारण ट्राफिक नियम पालना नगर्नु तथा सावधानी नअपनाउनु रहेको त्यस तर्फ सचेत गराए ।
उनले दुर्घटनाबाट सुरक्षित रहन बाटोमा पैदल हिँड्दा वा सवारीमा यात्रा गर्दा आफूसँगै अरुलाई पनि अनिवार्य रुपमा ट्राफिक नियमको पालना गर्न गराउन ट्राफिक प्रहरी प्रमुख यादवले विद्यार्थीहरुसंग आग्रह गरे ।

त्यस्तै लागुऔषध दुर्यव्यसनी तथा कुलतमा फस्दा हुने क्षति विषयमा इलाका प्रहरी कार्यालय सखुवा महेन्द्रनगरका प्रहरी निरीक्षक बेचन यादवले जानकारी प्रदान गरेका थिए । २० वर्ष उमेरसम्मका युवाहरु बढी लागुऔसधमा फस्ने गरेकाले यस्तो उमेरमा आफै नियन्त्रित हुन उनले आग्रह गरे ।

युवा अभियन्ता प्रदीप सिंहको समन्वयमा भएको सो कार्यक्रम भएको हो ।

Sponsored

अभियन्ता सिंहले सञ्चालन गरेको सचेतना कक्षा कार्यक्रममा विद्यालयका प्रधानाध्यापक प्रमोदशरण केवट र पत्रकार शैलेन्द्र महतो क्रान्तिले ट्राफिक तथा लागुऔषध विषयमा प्रहरीले दिएको प्रशिक्षण व्यवहारमा उतार्न आग्रह गरेका थिए ।

सो सचेतना कार्यक्रममा प्राविधिक शिक्षा तर्फ अध्ययनरत कक्षा १०, ११ र १२ का डेढ सय विद्यार्थीहरु सहभागी थिए ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *