जनकपुरधामबाट लाखौँ मूल्य बराबरको प्रतिबन्धित औषधिसहित २० वर्षीय युवक पक्राउ
टुडेपाटी–
जनकपुरधाम, भदौ २ गते ।
जनकपुरधामबाट प्रतिबन्धित औषधिसहित २० युवक पक्राउ परेका छन् ।
धनुषाको नगराईन नगरपालिका ३ बैरी फुलगमाका २० वर्षीय पंकज साहलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।
प्रतिबन्धित अवैध औषधि ओसारपसार भई रहेको सुचनाको अधारमा खटेको प्रहरी टोलीले जनकपुरधाम ७ जिरोमाईलबाट ४ हजार ५३० पिस ट्याब्लेटसहित युवकलाई पक्राउ गरेको प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक प्रदीपबहादुर क्षेत्रीले जानकारी दिए ।
प्रहरीले साहको साथबाट १ लाख २० हजार ८७६ बराबरको औषधि बरामद गरिएको र आवश्यक कारवाहीका लागि औषधि व्यवस्था विभाग विरगंज पर्सामा पठाईएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।
Sponsored