TodayPati

राजपा नेताले आफ्नै खर्चमा सप्तरीका विपन्न परिवारलाई राहत बाँडे

शुभ नारायण यादव-

सप्तरी,वैशाख ८ गते ।
विगत लामाे समयदेखि काेराेना भाइरसका कारणले तराईका गरिब र विपन्न परिवारहरुले राहत नपाएको अवस्थामा भाेक भाेकै बस्नु पर्नेे अवस्था रहेकाे छ ।

साेहि अनुरुप राजपा नेपालका सह-महासचिब गजेन्द्र कुमार मण्डलकाे सहयाेग र राष्ट्रिय सामुदायिक विकास केन्द्र नेपाल राजबिराजकाे सहकार्यमा सप्तरीकाे राजगढ गाउंँपालिकाका गरिब ,विपन्न परिवारलाई आफ्नै निजी खर्चमा खाना खुवाउनेदेखि लिएर गरिबहरुलाई राहत वितरण गरेकाे हाे ।

Sponsored

राजगढ गाउंँपालिकाकाे ४ बेल्ही चपेनाका १ हजार ४ सय परिवारलाई साबुन र ७ हजार माक्स तथा अति विपन्न २४ परिवारलाई राहत स्वरुप विभिन्न सामग्रीहरु वितरण गरेकाे बताइएको छ । साथै बाड नम्बर ५ मा २०० परिबारलाई साबुन र ९०० माक्स तथा अति बिपन्न ३४ परिबारलाई ५ दिनकाे खना समेत खुवाउने ब्यबस्थापन गरिएकाे राजपा नेपालका सह-महासचिव मण्डलले जानकारी दिनुभयाे ।

त्यसैगरी, सप्तरीको राजबिराज नगरपालिकाकाे अति बिपन्न १५ परिवारलाई ५ दिनकाे खानाकाे व्यवस्था गरिएको छ । साथै राजगढ गाउंँपालिका भित्र रहेका सम्पूर्ण डाेम परिवारलाई समेत ५ दिनकाे खानाकाे व्यवस्था गरिएकाे छ भने राजगढ गाउंँपालिका २ मा दलित विपन्न ५० परिवारलाई ३०० माक्स तथा ५० साबुन र अति विपन्न १५ परिवारलाई ५ दिनकाे खाना व्यवस्थापन समेत गरिएकाे छ ।

त्यसैगरी, खाद्यान्नमा चामल ५ किलाे, दाल १ किलाे , नुन १ पाकेट, स्वाबिन २०० ग्राम, तेल १ लिटर समेत वितरण गरेकाे छ ।

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *