महोत्तरीमा अवैध उत्खनन् गर्ने दुई टिपरसहित ३ वटा गाडी प्रहरी नियन्त्रणमा
टुडेपाटी-
महोत्तरी, साउन १४ गते ।
महोत्तरीमा अवैधरुपमा नदीजन्य पदार्थ उत्खनन गर्ने तीनवटा गाडी प्रहरीले नियन्त्रणमा लिएको छ ।
महोत्तरीको गौशाला नगरपालिका अन्तर्गत बाँके खोलामा गिट्टी, वालुवा उत्खनन गरिरहेका २ टिपर र १ वटा जेसीबी प्रहरीले नियन्त्रणमा लिएको हो ।
प्रहरी चौकी कान्तिबजारवाट खटिएको प्रहरी टोलीले अवैध उत्खनन गरिरहेको तीनवटै गाडीहरु नियन्त्रणमा लिएर गौशाला नगरपालिकालाई बुझाएको छ ।