भारतीय जिपको ठक्करबाट महोत्तरीका मोटरसाइकल चालकको मृत्यु
टुडेपाटी-
जनकपुरधाम, साउन १२ गते ।
सुनसरीमा भारतीय जिपको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ ।
मृत्यु हुनेमा महोत्तरीको बर्दिबास नगरपालिका ६ का २९ वर्षीय बालकृष्ण राना मगर रहेका छन् ।
उनको सुनसरीको भोक्राहा नर्सिङ गाउँपालिका–४ स्थित सुनसरी पुलमा गएराति जिपले ठक्कर दिँदा मृत्यु भएको प्रहरीले जनाएको छ ।
गएराति भारतीय नम्बरको स्कारपियो जिपले विपरित ना ६३ प ४०७५ नम्बरको मोटरसाइकललाई ठक्कर दिएपछि मगरको मृत्यु भएको प्रहरीले जनाएको छ ।
Sponsored