TodayPati

मधेश प्रदेशमै पहिलो पटक जनकपुर न्यूरो हस्पिटल संचालनमा, टाउकोको पनि गरिन्छ ‘अप्रेसन’

टुडेपाटी-
जनकपुरधाम, साउन १० गते ।

मधेश प्रदेशमै पहिलो पटक निजी लगानीमा सुविधासम्पन्न न्यूरो हस्पिटल संचालनमा आएको छ । मधेश प्रदेशको राजधानी जनकपुरधामको मुरलीचोक स्थित जनकपुर न्यूरो हस्पिटल संचालनमा आएको हो ।

यो हस्पिटल संचालनले काठमाडौं, बिराटनगर र धरान जानु पर्ने बाध्यताको अन्त्य भएको संचालकले बताएको छ । सवारी दुर्घटनाका गम्भीर घाइते, पक्षघात, पारालाइसिस लगायत सबै प्रकारका बिरामीको उपचार यो हस्पिटलमा सुरु भएको हो ।

Sponsored

मधेश प्रदेशमै पहिलो यो न्यूरो हस्पिटलमा टाउकोको समेत शल्यक्रिया सुरु भएको डा. विजय साहले बताए ।

विराटनगर, काठमाडौं लगायतको न्यूरो हस्पिटलमा लामोसमयसम्म काम गरेका अनुभवी चिकित्सकबाट यस हस्पिटलमा उपचार सेवा सुरु भएको संचालकले जनाएको छ ।

गत साउन २ गते दुर्घटनामा परी गम्भीर घाइते भएका महोत्तरीको परौलका २२ वर्षीय अंकेश यादवलाई यो हस्पिटलमा पहिलो पटक टाउकोको सफलतापूर्वक सल्यक्रिया (अपरेसन) नगरिएको छ ।

Sponsored

No description available.

मोटरसाइकल दुर्घटनामा गहिरो चोट लागेर टाउकोमा रगत जमेको कारण गम्भीर अवस्थामा पुगेका ती युवकलाई जनकपुरको एक हस्पिटल यहाँ उपचार सम्भव नहुने भन्दै तत्कालै जनकपुर बाहिरको न्युरो सम्बन्धि हस्पिटलमा लग्न रेफर गरेको थियो । तर, बाहिर लग्दा लग्दै बाटोमै ज्यान जान्छ की भनेर यो न्युरो हस्पिटलमा पुग्दा उनको टाउकोको सफलतापूर्वक सल्यक्रिया गरेको थियो । अहिले अंकेशको स्वास्थ्य अवस्थाक समान्य रहेको उनका बुबा पर्शुराम यादवले बताए ।

,म त छोरालाई बाहिर लग्दै थिएँ । अवस्था एकदम नाजुक थियो । बाटोमै बित्छ की जस्तो डर लागिरहेको थियो । एकजनाले भन्यो जनकपुरमै एउटा न्यूरो हस्पिटल खुलेको छ । बाहिर लग्दा बाटोमै केहि हुने हो की भनेर यो हस्पिटलमा ल्याए ।, बुबा पर्शुरामले भने , टाउकोको सल्यक्रिया गर्यो । अहिले एकदम ठीक छ । मलाई विश्वासै लागेको थिएन । की जनकपुरमा पनि यस्तो उपचार सम्भव हुन्छ भनेर ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *