TodayPati

सप्तरीमा ७५ प्रतिशत मात्र धान रोपाइँ, वर्षा नहुँदा रोपेको धान खेतामा चिरा पर्दै

शुभनारायण यादव-
राजविराज, साउन ३ गते ।

समयमा वर्षा नहुँदा सप्तरीमा ७५ प्रतिशत जग्गामा मात्र धान रोपाइँ भएको छ ।

लोमो सयदेखि वर्षा नहुँदा बोर्डिंग, इनार तथा अन्य बैकल्पिक व्यवस्था गरेर सिंचाइ गरी धान रोपाइँ गरिरहेका छन् भने कतिपय किसान अझै आकाशे पानीको प्रतिक्षामा रहेको छ ।

Sponsored

कृषि ज्ञान केन्द्र सप्तरी राजविराजका प्रमुख राजेन्द्र प्रसाद यादवले पर्याप्त वर्षा नहुदा जिल्लामा शतप्रतिशत रोपाइँ हुन नसेको बताए । रासायनिक मल पनि समयमा उपलब्ध नहुँदा धेरै किसानले मल बिना नै धान रोपाइँ गरेको उनको भनाइ छ ।

सप्तरीमा कुल ८१ हजार ६ सय ६८ हेक्टर खेतीयोग्य जग्गा रहेकोमा ७२ हजार हेक्टर कुल क्षेत्रफल जग्गामा वर्षे धान र ३ सय हेक्टर क्षेत्रफलमा चैते धान हुने गरेको छ ।

लामोसमयदेखि वर्षा नहुँदा रोपिएका धान पनि कतिपय ठाउँमा सुक्न थालेको छ। खेतमा चिरा पर्न थालेपछि किसान चिन्तित भएका छन् ।

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *