TodayPati

३० हजार घुससहित गाउँपालिकाका अधिकृत पक्राउ

टुडेपाटी–
काठमाडौँ, साउन १ गते ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले कैलालीको मोहन्याल गाउँपालिकाका अधिकृत दिपेन्द्र बुढा क्षेत्री ३० हजार रुपैयाँ घुस रकमसहित पक्राउ गरेको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कंचनपुर कार्यालय प्रमुख राम बहादुर कुरुम्बाङ्गले बिउबिजन सामाग्रीको रकम भुक्तानीबापत गैरकानुनी कमिशन ३० हजार रुपैयाँसहित क्षेत्रीलाई पक्राउ गरेको जानकारी दिए ।

Sponsored

घोडाघोडी नगरपालिका १ स्थित होटेल नवरत्नबाट बिउबिजन सामाग्रीको रकम भुक्तानीबापत गैरकानुनी कमिशन मागेको सूचनाको आधारमा क्षेत्रीलाई पक्राउ गरिएको उनले बताए ।

यस सम्बन्धमा थप अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ ।

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *