TodayPati

मेलम्ची खानेपानी आयोजनामा ज्यान गुमाएका धनुषाका सतिसका परिवारलाई सरकारले ५ लाख दिने

टुडेपाटी–
काठमाडौँ, साउन १ गते ।

मेलम्ची खानेपानी आयोजनाको सुरुङ पर्यक्षण गर्ने क्रममा ज्यान गुमाएका धनुषाका दिवंगत इन्जिनियरका परिवारलाई सरकारले ५ लाख रुपैयाँ दिने भएको छ ।

दुर्घटनामा परी दिवंगत भएका धनुषाका इन्जिनियर सतिसकुमार गोइत र सवारी चालक राधाकृष्ण थापा मगरको परिवारलाई क्षतिपूर्ति स्वरुप ५÷५ लाखका दरले आर्थिक सहायता उपलब्ध गराउने सरकारका प्रवक्ता ज्ञानेन्द्र बहादुर कार्कीले बताए । मन्त्रीपरिषद्को निर्णय सार्वजनिक गर्दै उनले यस्तो बताएका हुन् ।

Sponsored

यस्तै मन्त्रीपरिषद्को बैठकले जुरे पहिरो पीडित समुदायका लागि जनस्तरबाट संकलित रकम फुकुवा गर्न स्वीकृत दिने पनि सरकारले निर्णय गरेको छ।

सरकारले बर्ड फ्लू नियन्त्रणका क्रममा नष्ट गरिएका वस्तुको राहत प्रदान गर्ने र सो रोग नियन्त्रणमा खटाइएकालाई प्रोत्साहनस्वरुप सुविधा प्रदान गर्ने मापदण्ड स्वीकृत गर्ने, यस्तै कसुरजन्य सम्पत्ती तथा साधन रोक्का, नियन्त्रण र जफत ऐन, २०७० को दफा ३५ अनुसार सर्वोच्च अदालतको फैसलाबाट अन्तिम कसुरदार ठहर भइ भक्तपुर जिल्ला साविक कटुञ्जे गाविस वडा नम्बर २ क स्थित ४ रोपनी १ आना ३ पैसा जिरो दाम रोपनी जग्गा कसुरजन्य सम्पत्ती व्यवस्थापन विभागको नाममा दाखिल खारेज गर्ने, लुम्बिनी गार्डेन फाउण्डेशनले उपलब्ध गराउन प्रस्ताव गरेको जियोडेट स्टोनको बुद्ध मूर्ति उपहारस्वरुप स्वीकार गर्ने बैठकले निर्णय गरेको छ।

प्रवक्ता कार्कीअनुसार सरकारले नेपाल र इटालीका परराष्ट्र मन्त्रालयबीच द्वीपक्षीय परामर्श संयन्त्र स्थापना गर्नेसम्बन्धी समझदारी पत्रमा नेपाल सरकारका तर्फबाट समकक्षी मिलाइ हस्ताक्षर गर्न परराष्ट्र मन्त्रालयलाई स्वीकृत प्रदान गर्ने निर्णय गरेको छ।

Sponsored

नेपाल र अरब गणतन्त्र इजिप्टबीच जुलाई १६, २००७ मा सम्पन्न भएको एग्रिमेण्ट इकोनोमकि टेक्निकल, कोअप्रेटिभ अप्रेशन लागू गर्नका लागि नेपालको तर्फबाट अनुमोदन प्रक्रिया पूरा भएको जानकारी इजिप्ट सरकारलाई लेखिपठाउन परराष्ट्र मन्त्रालयलाई स्वीकृत दिने पनि सरकारको निर्णय छ।

श्री नं। २७ बाइनी अड्डाको लागि आवश्यक जग्गा प्रचलित कानून बमोजिम मुआब्जा दिनेगरी प्राप्त गर्न नेपाली सेनालाई स्वीकृत दिने निर्णय भएको छ।

प्रवक्ता कार्कीले प्रधानसेनापति महारथी प्रभुराम शर्मालाई मिति २०७९ साउन ९ देखि ११ गतेसम्म अष्ट्रेलियाको सिड्नीमा सञ्चालन हुने एन्युएल चिप्स अफ डिफेन्स कन्फ्रेन्स २०२२ मा भाग लिन स्वीकृत दिने निर्णय गरेको पनि बताए।

प्रवक्ता कार्कीले राष्ट्रिय सूचना प्रविधि केन्द्रको कार्यकारी निर्देशक पदमा प्रदीप शर्मा पौडेललाई नियुक्त गर्ने, नेपालले हुलाक वस्तुको अन्तर्राष्ट्रिय डार्क ढुवानीको लागि विश्व हुलाक संघ यूपीयूले निर्धारण गरेको दरमा नबढ्ने गरी आवश्यक्ताअनुसार १ वा एकभन्दा बढी हवाई सेवा कम्पनीसँग सम्झौता गरी अन्तर्राष्ट्रिय डार्क ढुवानीको व्यवस्थापन गर्न हुलाक सेवा विभागका महानिर्देशकलाई अख्तियारी दिने पनि निर्णय गरेको बताए।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *