मधेश प्रदेश : प्रावि तह प्रथम, द्वितिय र निमावि तह द्वितिय श्रेणीको शिक्षक छनोट
टुडेपाटी–
काठमाडौं, असार २४ गते ।
मधेश प्रदेशमा शिक्षक सेवा आयोगले आन्तरिक प्रतियोगिता (बढुवा) अन्तर्गत प्राथमिक तह प्रथम, द्वितिय र निम्नमाध्यमिक तह द्वितिय श्रेणीको शिक्षक छनोट गरेको छ ।
प्राथमिक तह, प्रथम श्रेणी तथा द्वितीय तहको र निम्न माध्यामिक तहको द्वितीय तहका लागि आयोगले गत मंगलबार लिएको अन्र्तवार्ता, लिखित परीक्षा र अनुभव समेतको प्राप्तांकको आधारमा शिक्षक छनोट गरेको हो ।
अन्तर्वार्तामा सहभागी उम्मेद्वारहरुले नतिजा र प्राप्ताङ्क हेर्न चाहेमा नतिजा प्रकाशित भएको सात दिनसम्म आयोगको वेबसाइटमा हेर्न सक्ने आयोगले जनाएको छ ।