देशकै जेठो गुरुकुल मटिहानीको जीर्णोद्वार हुँदै
राजकरण महतो-
महोत्तरी, असार १३ गते ।
देशको जेठो गुरुकुलको रुपमा रहेको राजकीय सँस्कृत माध्यमिक विद्यालय मटिहानीको जीर्णोद्धार थालिएको छ। यो गुरुकुल मधेश प्रदेशस्थित महोत्तरीको मटिहानीमा अवस्थित छ।
३०४ वर्ष प्राचीन गुरुकूल देशकै जेठो शैक्षिक धरोहर हो। तर, यसको संरक्षण, सम्वर्द्धन र विकास ओझेलमा थियो। कालान्तरमा गुरुकुलले बालगुरु षडानन्दजस्ता थुप्रै ‘लाल’ जन्माएका थिए। २०७८ साउन ९ मा अन्नपूर्ण पोष्ट्ले गुरुकूलबारे विशेष खोज रिपोर्ट प्रकाशित गरेको थियो। त्यसपछि राज्यस्तरबाटै चासो जागेको थियो।
अहिले गुरुकुलको संरचाना मर्मत सम्भार धमाधम भइइरहेको छ भने नयाँ संरचनाहरु ठडिदै छ। मधेश प्रदेश सरकारको आर्थिक मामिला मन्त्रालयको सहयोगमा गुरुकूलको प्राचीन संरचनाको मर्मतसम्भार थालिएको छ। त्यसका लागि ५० लाख बजेट दिइएको छ। ढल्नै लागेको संरचना मर्मत सम्भारका कामदार खटिएका छन्।
गरुकुलको जीर्णोद्धार सुरु भएसँगै विद्यालय परिवारमा खुसीयाली छाएको छ। विद्यालयका प्रधानाध्यापक ईश्वरी प्रसाद पौडे्लका अनुसार गुरुकुलको प्रांगणमा रहेको एक सय वर्ष बढी पुरानो प्राचीन धरोहर भवनको जीर्णोद्धारको काम सुरु भएको छ।
‘ओझेलमा परेको गुरुकूल बारेमा मिडियोदेखि राष्ट्रप्रमुखले गुरुकूलको भ्रमण गर्नुभयो। सबैतिरबाट सद्भाव, चासो र चिन्ता जाहेर भयो। यसले गर्दा गुरुकूलले मुहार पर्ने अवसर पाएको छ,’ खुसी हुँदै उनले भने, ‘संरचनाको पुरानैशैलीमा मर्मत सम्भार गरिहेका छौं।’
Sponsored
मधेस प्रदेश सरकारले विद्यालयलाई सँस्कृत विषयको अन्तर्राष्ट्रियस्तरको अध्ययन तथा अनुसन्धान केन्द्रको रुपमा विकास गर्न नीति लिएको छ। उसले आर्थिक वर्ष २०७९(८० को बजेटमा त्यसका लागि पहिलो चरणमा २ करोड बजेट विनियोजन गरेको छ।
सिद्ध सन्त तस्मैया बाबाका शिष्य जयकृष्ण दासले बि।सं। १७७५ मा महिटानीमा गुरुकूलको स्थापना गरेका थिए। याज्ञवल्क्य लक्ष्मीनारायण विद्यापिठ मटिहानीका सहप्राध्यापक तथा अध्यता धु्रव राय भन्छन्, ‘उहाँ ९जयकृष्ण दास० आफैँ सँस्कृतका महावैयाकरण हुनुहुन्थ्यो। उहाँले नै आजभन्दा ३०४ वर्ष पहिले वि।सं।१७७५ सालमा सँस्कृत पाठशालाको नामबाट गुरुकूलको स्थापना गर्नुभएको थियो।’
जहाँबाट उनले आफ्ना शिष्यलाई स्वतन्त्र रूपमा पाणिनी व्याकरणको अध्यापन प्रारम्भ गरेको उनले बताए।
जयकृष्ण दासका शिष्य वनमाली दास पनि वैयाकरण ज्ञाता थिए। उनले पनि गुरुकूलको सम्बर्द्धनमा तदारुकता देखाए। वनमालीका शिष्य रामरक्षा दास महन्थ भएपछि गुरुकुलमा व्याकरण विषयका साथै वेदको पनि अध्ययन(अध्यापन प्रारम्भ गराएका थिए। जुन गुरुकूल अहिलेसम्म अस्तित्वमा छ।
गुरुकुलको भौतिक संरचना निर्माणमा राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमले बजेट दिएको छ। चार कोठे पक्की भवन निर्माणका लाग ३६ लाख बजेट दिएको छ। भवन निर्माणको काम भइरहेको छ। त्यसैगरी प्रदेश सरकारकै समाजिक विकास मन्त्रालयअन्तगर्तको शिक्षा समन्वय इकाइको २० लाखको सहयोगमा हल निर्माण गरिएको छ।
राज्यस्तरबाटै चासो जागेकोले गुरुकुलले छिट्टै मुहार फर्ने मटिहानी नगरपालिका मेयर हरिप्रसाद मण्डलले बताए। ‘ओझेलमा परिरहेको राष्ट्रको शैक्षिक धरोहर बारे सञ्चार माध्यमले राष्ट्रस्तरमा उजार गर्यो। हामीले गुरुकूलको संरक्षण, सम्वर्द्धन र विकासबारे प्रदेश र संघीय सरकारसँग समन्वय गर्यौं,’ मेयर मण्डल भन्छन्, ‘अहिले सबैको चासो जागेको छ। अब गुरुकुलले आउँदा दिनमा अझै धेरै मुहार फेर्दै जानेछ।’