TodayPati

महोत्तरीमा थुनुवालाई कम्बल, असहायलाई त्रिपाल टांगेर बस्ने व्यवस्था

रञ्जन भण्डारी-
महोत्तरी, माघ २२ गते ।

जिल्ला प्रहरी कार्यालय महोत्तरी तथा ईलाका प्रहरी कार्यालय गौशाला र बर्दिवास स्थित थुनुवा कक्षको लागि समाजवादी पार्टीका जिल्ला युवा अध्यक्ष राहुल कुमार पाण्डेयले निजी खर्चमा तिस थान कम्बल सहयोग गरेका छन । थुनुवा कक्षमा अनुसन्धानका लागि राखिने थुनुवाहरुलाई चिसो छल्न सहज होस भनेर उनले कम्बल सहयोग गरेका हुन् ।

जिल्ला प्रहरी कार्यालयले स्वयम समेत थुनुवाहरुको लागि मेट्रेस लगायतका विभिन्न सामग्री पहिले देखि नै व्यवस्थापन गरेपनि त्यसमै चिसोमा थप सहजताको लागि युवा अध्यक्ष पाण्डेयले कम्बल सहयोग गरेका हुन ।
जिल्ला प्रहरी कार्यालय महोत्तरीमा बुझाइएको उक्त कम्बल मध्ये १५ थान जिल्ला प्रहरी कार्यालयको थुनुवा कक्ष,८ थान बर्दिवास स्थित थुनुवा कक्ष र ७ थान गौशाला स्थित थुनुवा कक्षमा पठाईने प्रहरी उपरिक्षक श्याम कृष्ण अधिकारीले वताए । उनले कम्बलको लागि युवा अध्यक्ष पाण्डेयलाइ धन्यवाद ज्ञापन गरेका थिए ।
प्रहरी उपरिक्षक अधिकारीले जिल्ला प्रहरी कार्यालय महोत्तरी थुनुवाहरुको मानवाधिकारको लागि निक्कै संवेदनशिल रहेको र वेला वेलामा स्वयम थुनुवा कक्षको निरिक्षण गरि थुनुवाहरुको सुविधाहरु वारे जानकारी लिने गरेको बताउदै पाएको कम्बलले उनीहरुलाई थप सहुलियत हुने वताए ।

Sponsored

सडकमा वस्नेलाई त्रिपाल सहितको वस्ने व्यवस्था

यता जलेश्वर नगरपालिका ९ परिकौली स्थित बिगत केहि महिनादेखि सडक पेटीमै गुजारा गर्दै आएका एक मानसिक रोगीलाई तत्काल चिसोबाट राहत दिन युवा अध्यक्ष पाण्डेयले उनी वस्दै आएको स्थानमै त्रिपालले चिसो हावा छेक्ने गरि सानो झुपडी वनाईदिएका छन् । त्यसतै ओढ्ने र ओछ्याउने समेत बन्दोवस्त गरिदिएका छन् ।

केहि दिन पुर्व उक्त सडकमा बस्ने असहायलाई सहयोग गर्न सार्वजनिक रुपमा फेसवुक मार्फत आग्रह गरेपछि केहि दिन पुर्व नै तराई मानव अधिकार रक्षक संजालका प्रतिनिधी तथा अन्यले प्लास्टिकको घेरा बनाईदिएकोमा सोहि घेरालाई पाण्डेयले थप व्यवस्थित गरि ओछ्याउने र ओढ्ने व्यवस्था समेत गरिदिएका हुन् ।

Sponsored

यता सडकमा वसोवास गर्दै आएका उक्त व्यक्तिको थप व्यववस्थापनको लागि सामाजिक अभियन्ता गुञ्जा रायले पहल समेत गरिरहेकि छिन । उनको उपचार तथा उनलाई पुर्ण व्यवस्थित गर्न विभिन्न ठाउमा कुरा चलिरहेको र चाँडै उद्धारको लागि पहल भैरहेको अभियन्ता रायले बताईन् ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *