मधेश प्रदेश : ट्यांकरको ठक्करबाट आमाको मृत्यु, छोरा घाइते
टुडेपाटी–
सर्लाही, बैशाख १४ गते ।
सर्लाहीमा ट्यांकरको ठक्करबाट आमाको मृत्यु भएको छ भने छोरा घाइते भएका छन् ।
बुधवार विहान जिल्लाको बागमतीस्थित पूर्व पश्चिम राजमार्गमा ट्यांकरले मोटरसाइकललाई ठक्कर दिँदा आमाको मृत्यु भएको हो । यस्तै दुर्घटनामा छोरा घाइते भएका छन् ।
दुर्घटनामा परेर सप्तरीको राजविराज नगरपालिका–१ का ६० वर्षीया प्रमिला देवी यादवको मृत्यु भएको हो ।
यस्तै उनका २५ वर्षीय छोरा घाइते भएका छन् । दुर्घटना पश्चात दुबैजनालाई उपचारका लागि वीरगञ्जतर्फ लैजाँदै गर्दा आमाको बाटोमा नै मृत्यु भएको प्रहरीले जनाएको छ ।
पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको प्रदेश १–०२–००१ ख ८३२५ नम्बरको तेल बोक्ने ट्यांकरले सोही दिशातर्फ गइरहेको प्रदेश २–०१–००३ प ५७६४ नम्बरको मोटरसाइकलाई ठक्कर दिएको हो ।
Sponsored
प्रहरीले ट्यांकर र चालकलाई नियन्त्रणमा लिएिका छन् ।