सहिदनगरमा दादुरा रुवेला खोप संचालन गर्न अभिमुखीकरण बैठक
टुडेपाटी समाचारदाता-
जनकपुरधाम, माघ २१ गते ।
धनुषाको सहिदनगर नगरपालिकामा दादुरा रुवेला खोप अभियान संचालन सम्बन्धी अभिमुखीकरण बैठक सम्पन्न भएको छ । सहिद नगरपालिका स्तरीय एकदिने अभिमुखीकरण बैठक मंगलबार सम्पन्न भएको हो ।
नगरप्र्रमुख उदयकुमार बरबरियाको सभापतित्व तथा प्रमुख प्रशासकीय अधिकृत नन्दकुमार झाको विशिष्ट आतिथ्यमा अभिमुखीकरण भएको छ । अभिमुखीकरणमा बोल्दै नगरप्रमुख एवं देशकै कान्छो मेयर बरबरियाले नगरभित्रका कुनै पनि बालबालिका नछुट्ने गरी खोप अभियानमा स्वास्थ्यकर्मीलाई लाग्न आग्रह गरे । सबै स्वास्थ्यकर्मी आफ्नो पेशाप्रति उतरदायि हुँदै नागरिकलाई सेवा दिनुपर्ने नगरप्रमुख बरबरियाको भनाई छ ।
अन्तरक्रिया पश्चात फागुन १ गतेदेखि ९ गतेसम्म चल्ने हुने दादुरा रुवेला खोपा तथा पोलियो थोपाको व्यवस्थापन, अनुगमन, प्रचार प्रसार गर्न नगर तथा वडास्तरीय समिति गठन गरिएको छ ।
कार्यक्रममा नगर स्वास्थ संयोजक , सह( संयोजक, वडाध्यक्षहरु, स्वास्थचौकी इन्चार्जहरु लगायतको सहभागिता रहेको थियो ।