TodayPati

धनुषामा छुरा प्रहार भएको करिब ७ महिनापछि एकजनाको मृत्यु, गाउँनै डुब्यो शोकमा

टुडेपाटी–
जनकपुरधाम, चैत ३० गते ।

धनुषामा एक जनामाथी छुरा प्रहार भएको करिब ७ महिनापछि मृत्यु भएको हो । जिल्लाको धनौजी गाउँपालिका–५ बहुअर्वाका ३९ वर्षीय सरोजकुमार मण्डलको मृत्यु भएको हो ।

करिव ७ महिना अघि गणेश पूजाको अवसरमा आयोजना गरिएको कार्यक्रममा दुईपक्षबीच विवाद हुँदा छोडाउन पुगेका मण्डलमाथि छुरा प्रहार भएको थियो ।

Sponsored

२०७८ साल भदौ २६ गते सोही गाउँका अमितकुमार मण्डल, मनिषकुमार मण्डल, राजीवकुमार मण्डलबिच आपसी विवाद हुँदा सरोज लगायतकामाथी छुरा प्रहार भएको थियो ।

उक्त घटनापश्चात सरोजलाई उपचारको लागि काठमाडौं स्थित ग्राण्डी अस्पतालमा लगिएको थियो ।
उपचारकै क्रममा सोमबार उनको मृत्यु भएको हो ।

यता यस घटनामा सोही स्थानका १८ वर्षीय मनिषकुमार मण्डल र वडा नं. ४ का २३ वर्षीय राजीवकुमार मण्डलमाथि ‘ज्यान मार्ने उद्योग’ मा जिल्ला अदालत धनुषामा मुद्दा दर्ता गरिएको थियो । तर जिल्ला अदालत धनुषाका न्यायाधीश परशुराम भट्टराईको एकल इजलाशले ज्यान मार्ने उद्योग मुद्दालाई सामान्य कुटपीटमा परिणत गरि फैसला सुनाएको थियो ।

Sponsored

No description available.

फैसलामा प्रतिवादी राजीवकुमार मण्डलले गम्भिर घाइते सरोज मण्डलको उपचार खर्चवापत ४ लाख ९२ हजार २५९ रुपैयाँ, घाइते अनिल मण्डललाई ६९ हजार ३ सय र बजरंग प्रसाद राउतलाई ३ हजार १३० रुपैयाँको बिल भरपाई अनुसार उपचार खर्च उपलब्ध गराउने निर्णय सुनाएको थियो ।

अदालतको आदेशबाट रिहा भएका व्यक्ति केही दिन नबित्दै विदेश गईसकेका छन् ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *