मधेश प्रदेश : भारत जान लागेका चार जना महिला प्रहरीको नियन्त्रणमा
टुडेपाटी-
जनकपुरधाम, चैत ३० गते ।
भारत जान लागेका चारजना नेपाली महिलालाई शसस्त्र प्रहरीले नियन्त्रणमा लिएको छ ।
सर्लाहीको सीमा नाका भएर भारत जान लागेका ती महिलाहरुलाई सोधपुछ गर्दा शंकास्पद जवाफ दिएपछि बिओपी त्रिभुननगरले नियन्त्रणमा लिएको हो ।
उनीहरुलाई थप सोधपुछ तथा परामर्शका लागि माइती नेपाल सर्लाहीका ईन्चार्ज अमित यादवलाई जिम्मा लगाइएको मधेश प्रदेशका सशस्त्र प्रहरी प्रमुख (डिआईजी) गणेश ठाडा मगरले टुडेपाटीलाई जनाकारी दिए ।