मधेश प्रदेश : दिवा खाजामा अनियमितता गरेको आरोपमा हेडमास्टर पक्राउ
टुडेपाटी–
सिरहा, चैत २२ गते ।
विद्यालयको दिवा खाजामा अनियमितता गरेको भन्दै सिरहाको विद्यालयबाट एकजना प्रधानाध्यापकलाई पक्राउ गरिएको छ ।
सिरहाको औरही गाउँपालिका स्थित रहेको आधारभूत विद्यालय खजनपुरका प्रधानाध्यापक उमेन्द्र कुमार यादवलाई प्रहरीले पक्राउ गरेका छन् ।
निर्वाचन सम्बन्धी अनुगमनमा गएको बेला विद्यालयमा विद्यार्थीहरूलाई बिस्कुट र चाउचाउ खुवाएको देखेपछि बुझ्न जाँदा अनियमितता गरेको फेला परेको सिरहाका प्रमुख जिल्ला अधिकारी लालबाबु कवारीले जानकारी दिए ।
दिवा खाजाका लागि सरकारले रकम दिएको तर विद्यालयले विद्यार्थीलाई चाउचाउ र बिस्कुट खुवाएर अनियमितता गरेको प्रजिअ कवारीले बताए ।
पक्राउ परेका हेडमास्टरलाई अहिले प्रहरी चौकीमा राखिएको र स्कूलका अध्यक्षलाई दिवा खाजाको सबै हिसाब किताब लिएर आउन भनेको उनले भने ।
Sponsored
सबै कागजात आएपछि छानबिन गरेर मात्र हेडमास्टरलाई छाडिने प्रजिअ कवारीले भने ।