सप्तरी जिल्ला अदालतमा आठ महिनामै झण्डै तीनहजार मुद्दा दर्ता
शुभ नारायण यादव–
सप्तरी ,१४ चैत ।
सप्तरी जिल्ला अदालतमा चालु आर्थिक वर्षको आठ महिनामा दुई हजार नौ सय २८ थान मुद्दा दर्ता भएको छ ।
गत आ.व.को जिम्मेवारी सरेर ४३९६ आएकोमा लगत सात हजार ३२४ थान रहेकोमा पुनरावेदन ६ वटा र २३ वटा रिट परेकोमा दुई हजार ४३७ फर्छौट भएको छ । त्यस्तै चार हजार ८८७ थान मुद्दा फैसला हुन बाँकी रहेको छ ।
१० जना न्यायाधिश रहेको सप्तरी जिल्ला अदालतमा साउनदेखि फागुनसम्मको आठ महिनामा फौजदारी तर्फ ७०७ र देवानी तर्फ दुई हजार नौ सय २८ थान मुद्दा गरी कुल दुई हजार नौ सय २८ थान मुद्दा दर्ता भएको हो ।
जिल्लाको १८ वटै स्थानिय तहवाट विभिन्न शीर्षकका मुद्दाहरु आएको श्रेस्तेदार कुमार मास्केले जानकारी दिए ।
Sponsored