TodayPati

हंसपुरका वडाध्यक्षले आफ्नो घर जोगाउन सार्वजनिक जग्गा अतिक्रमण गर्न खोजेको आरोप

टुडेपाटी-
जनकपुरधाम, चैत १४ गते ।

हंसपुर नगरपालिका वडा नं. २ का वडाध्यक्ष उदय साहले भेदभावपूर्ण तरिकाले सडक बनाएर सार्वजनिक जग्गा अतिक्रमण गर्न खोजेको आरोप लागेको छ ।

सडक निर्माणको क्रममा वडा नं. २ साविक बक्चौरा गाविस वडा नं. ३ (ख) किता नं. १२४ मा पर्ने लालबिहारी थानलाई अतिक्रमण गरी विस्थापित गर्न खोजेको आरोप लागेको हो ।

Sponsored

सो अतिक्रमण रोक्न मागसहित वडा कार्यालय, नगरपालिका कार्यालय र जिल्ला प्रशासन कार्यालय धनुषामा निवेदन समेत परेको छ ।
वडाबाट निर्माणधीन सडक उत्तर दक्षिण रहेकोमा वडाध्यक्ष साहले पश्चिम तर्फ आफ्नासहित केहि आफन्तको घर जग्गा बचाउन पूर्व तर्फ रहेको लालबिहारी थान, ब्रह्मस्थान र सल्हेस थानको जग्गा दोजर भिडाएर अतिक्रमण गर्न खोजेको स्थानीय समेत रहेका मैथिली साहित्यकार एवं प्रध्यापक प्रमेश्पर कापरको आरोप छ ।

No description available.

कापरले अतिक्रमण रोक्न भन्दै गत पुस महिनामै वडा कार्यालय, नगरपालिका कार्यालय र जिल्ला प्रशासनमा निवेदन दिएका हुन् । तर अहिलेसम्म कुनै सुनवाई नभएको उनको गुनासो छ ।

सोही ठाउँमा रहेको बक्चौरा माध्यमिक विद्यालय र बक्चौरा बजारको जग्गा समेत अतिक्रमण भएको उनले बताए ।
कापडी अनुसार वि.स.२०२६ सालको नापीमा सडक कायमै रहेको छ ।

Sponsored

No description available.

सडकलाई आधार मानेर दुबै तर्फबाट घटीबढी लिनुदिनु पर्नेमा वडाध्यक्षले मनोमानी रुपमा एका तर्फ निजी जग्गा छाडेको र अर्को तर्फ सार्वजनिक जग्गा अतिक्रमण गर्न खोजेको उनको आरोप छ ।
सो कार्यका लागि सडकको पश्चिम तर्फका व्यक्तिहरुलाई नै सडक निर्माण उपभोक्ता समितिमा वडाध्यक्षले राखेको कापडीको भनाइ छ ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *