प्रदेश सरकारको राहत कोषमा सहयोगी विकास बैंकको ५ लाख सहयोग
टुडेपाटी-
जनकपुरधाम, चैत २५ गते ।
प्रदेश सरकारले स्थापना गरेको कोरोना भारइस संक्रमण, रोकथाम, नियन्त्रण तथा उपचार कोषमा सहयोगी विकास र्बैंकले पाँच लाख रुपैया सहयोग गरेको छ ।
बैंकको जनकपुर स्थित केन्द्रिय कार्यालयका प्रतिनिधिहरुले आज मुख्यमन्त्री लालबाबु राउतलाई पाँच लाख बराबरको चेक हस्तान्तरण गरेका हुन । यस अघि कोषमा एनसीसी बैंक, लक्ष्मी बैंक, नेपाली काँग्रेस प्रदेश नं. २, सिभिल बैंक, मेगा बैंक ,गण्डकी विकास बैंक, कुमारी बैंक ,माछापुछे बैंक, नेपाल बैंक लिमिटेड, कृषि विकास बैंक , सिटिजन्स बैंक , सिद्धार्थ बैंक , भाटभटेनी मल लगायतका संघ संस्थाहरुले रकम सहयोग गरि सकेका छन ।
प्रदेश सरकारले राष्ट्रिय वाणिज्य बैंकको जनकपुर शाखामा कोरोना भारइस संक्रमण, रोकथाम, नियन्त्रण तथा उपचार कोष नामक खाता संचालनमा ल्याई सहयोग गर्न अपील समेत गरेको छ । कोषको खाता नं. १२२०५०३०००००१ रहेको छ ।