TodayPati

प्रदेश २ को नाम र स्थायी राजधानीको टुङ्गो लागेपछि जनकपुरधाममा खुशीयाली

टुडेपाटी–
जनकपुरधाम, माघ ३ गते ।

प्रदेश २ को स्थायी राजधानी र नामाकरण भएपछि प्रदेशवासीले खुशी मनाएका छन् ।

प्रदेशको नाम मधेश प्रदेश र स्थायी राजधानी जनकपुरधाम भएपछि जनकपुरधामका युवा तथा विभिन्न संघ संस्थाहरुले त्यसको खुशीयाली मनाएका छन् ।

Sponsored

प्रदेशको नाम र राजधानीको टुङ्गो लागेपछि युवा सञ्जाल धनुषाले त्यसको खुशियालीमा दियावती मनाएका छन् ।

No description available.

प्रदेश सरकारको निर्णयलाई स्वागत गर्दै खुशीयाली मनाएको सञ्जालका महासचिव कुलदिप साहले बताए । उनले वीरगञ्ज आफैमा आर्थिक राजधानी रहेकाले जनकपुरधाम राजधानी भएकोमा दुखी हुनुपर्ने अवस्था नरहेको बताए । उनले प्रदेश सरकारले पहल गरेर मुलुककै आर्थिक राजधानीको रुपमा वीरगञ्जलाई घोषणा गर्नुपर्ने र त्यसका लागि प्रदेश सरकारले आवश्यक कदम चाल्नुपर्ने बताए ।

No description available.

सञ्जालले आयोजना गरेको कार्यक्रमाम प्रदेश सांसद परमेश्वर साह, समाजीक अभियन्ता सञ्जालका अध्यक्ष धिरज, खुस्बु साह, बिकास बन्जारा, रोजलिन बछार, नागेन्द्र साह, प्रदीप यादव, बरुन बस्याल, जमुना भुजेल, सुरेन्द्र भण्डारी, गणेश युवाका पदाधिकारी संगै सञ्जाल का सदस्यहरुको उपस्थित थिए ।

Sponsored

No description available.

प्रदेशको नाम मधेश प्रदेशको पक्षमा ८० र राजधानी जनकपुरधामको पक्षमा ७८ मत परेको हो । कुल १०४ जना सांसद रहेकोमा ९९ जनाले मतदान गरेका थिए ।

No description available.

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *