नाम र राजधानी जुराउन सफल भएको खुसियालीमा भोलि मधेश प्रदेशमा सार्वजनिक विदा
टुडेपाटी–
जनकपुरधाम, माघ ३ गते ।
मधेश सरकारले मंगलबार प्रदेशमा सार्वजनिक विदा दिएका छन् ।
आज बसेको प्रदेशसभा बैठकमा मतदान पश्चात स्थायी राजधानी र नामको टुङ्गो लागेपछि मधेश सरकारले खुशीयाली मनाउँदै भोली सार्वजनिक विदा दिएका छन् ।
मधेश सरकारका प्रवक्ता एवं अर्थमन्त्री शैलेन्द्र प्रसाद साहले सामाजिक सञ्जाल फेसबुकमा प्रदेशको नाम मधेश प्रदेश र राजधानी जनकपुरधाम भएकाले मंगलवार प्रदेशभरि सार्वजनिक विदा दिइएको जानकारी दिएका हुन् ।
सोमबार बसेको प्रदेशसभा बैठकबाट झण्डै चार वर्षपछि प्रदेशको नाम र स्थायी राजधानीको टुङ्गो लागेको छ ।
राजधानीका लागि भएको मतदानमा ९९ जनाले मत खसाउँदा ७८ जनाले जनकपुरधामको पक्षमा मतदान गरेका हुन् ।
Sponsored
त्यस्तै नामका लागि भएको मतदानमा ८० जनाले मत खसालेपछि नाम र राजधानीको प्रस्ताव दुई तिहाइ भन्दा बढीले पास भएको हो ।
We are so glad for our capital city is JANAKPUR/Human province……
Thanks u all who has voted in jnakpur…side