TodayPati

सर्लाहीको उखुबारीमा जलेको अवस्थामा महिलाको शव फेला

टुडेपाटी-
सर्लाही, पुस २३ गते ।

सर्लाहीमा उखु बारीमा एक महिलाको शव फेला परेको छ ।

सर्लाहीको बरहथवा नगरपालिका–७, कटानीका स्थानीय सुरत रामकी श्रीमती अन्दाजी ३२ वर्षीया सावित्री देवी रामको शव उखुबारीमा शुक्रबार दिउँसो फेला परेको हो ।

Sponsored

वडा नं. १० स्थित उखुबारीमा सावित्रीको शव फेला परेको सर्लाहीका प्रहरी प्रवक्ता डीएसपी माधव प्रसाद बुढाथोकीले जानकारी दिए ।

मृतक महिलाको शरीरका विभिन्न भाग जलेको अवस्थामा पाइएको प्रत्यक्षदर्शीले बताएका छन् ।

घटना शंकास्पद देखिएकाले अनुसन्धान अघि बढाइएको बताएका छन् । मृतक महिलाको शरीरमा कुनै पनि कपडा समेत नरहेको घटनास्थलमा पुगेका बरहथवा नगरपालिका वडा नं. १० का कार्यवाहक वडाध्यक्ष रामदिनेश महतोले बताए ।

Sponsored

मृतक महिलाको शव पोष्टमार्टमका लागि शुक्रबार दिउँसो जिल्ला अस्पताल मलंगवा लगिएको छ । घटना शंकास्पद देखिएको प्रहरीले जनाएको छ ।

परिवारजनका अनुसार सावित्री अंग्रेजी नयाँ वर्षको दिन पुस १७ गतेदेखि नै घरबाट बेपत्ता भएकी थिइन् । उनको शव शुक्रबार बिहान उखुबारी भित्र देखेपछि स्थानीयवासीले प्रहरीलाई खबर गरेका थिए ।

सावित्रीकी श्रीमान सुरत माझी हाल वैदेशिक रोजगारीको शिलशिलामा कतारमा रहेको स्थानीयले बताएका छन् ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *