पब्जी खेलमा साथी बनेर ‘लिभिङ टुगेदर’मा बस्दै आएका युवक–युवती मृत फेला
टुडेपाटी–
काठमाडौं, पुस २३ गते ।
काठमाडौँमा लिभिङ टुगेदरमा बस्दै आएका प्रेमी–प्रेमीका कोठामै मृत अवस्थामा फेला परेका छन् । काठमाडौं महानगरपालिका वडा नं. ६ बौद्ध फैकामा सँगै बस्दै आएका युवक–युवती गए राति कोठामै मृत अवस्थामा फेला परेका हुन् ।
संखुवासभाका २५ वर्षीय अनिस जिमी र खोटाङकी २२ वर्षीया युसुना राई मृत अवस्थामा फेला परेको महानगरीय प्रहरी परिसर काठमाडौंका एसपी दिनेशराज मैनालीले जनाएका छन् । युसुनाको धारिलो हतियार प्रहार गरी हत्या गरिएको र अनिसले आत्महत्या गरेको हुन सक्ने प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।
पब्जी खेलबाट साथी बनेका जिमी र राई २०/२२ दिन देखि ‘लिभिङ टुगेदर’मा बसेको पाइएको एसपी मैनालीले जानकारी दिए । उनीहरू प्रेमी–प्रेमिकाको रूपमा बसेको हुन सक्ने अनुमान छ ।
एसपी मैनालीले युवतीको हत्यापछि युवकले आत्महत्या गरेको जस्तो देखिएको बताएका हुन् यद्यपी शव पोस्टमार्टमका लागि पठाएकाले त्यसपछि मात्र थप कुरा पता लागने बताए ।
उनले भने, ‘अनुसन्धान जारी छ । तर, पब्जी खेलकै कारण एकार्कालाई हान, ठोकलगायत आवाज सुनिएको पाइएको छ । पब्जीकै कारण घटना भएको हो कि भन्ने छ ।’
Sponsored
युवकले युवतीलाई धारिलो हतियार प्रहार गरी हत्या गरेपछि आत्महत्या गरेको घटनाको प्रकृतिबाट खुलेको पनि मैनालीले बताए ।