TodayPati

राजविराज जेसीजद्वारा एडभान्स योगा शिविर सञ्चालन

शुभ नारायण यादव
सप्तरी, मंसिर १८ गते ।

राजविराज जेसीजले जेसीज सप्ताह २०२१ अन्तर्गत पाचौं दिन जेसीज भवनमा एडभान्स योगा शिविर संचालन गरेको छ ।

शनिबार विहान ५:३० बजे देखि ८:०० बजे सम्म आयोजना गरिएको साे शिविरमा राजविराज जेसीज वर्ष २०२१ का अध्यक्ष सिद्धार्थ तातेड, कोषाध्यक्ष उज्ज्वल काबरा, कार्यकारी उपाध्यक्षद्वय मनिस दास र रन्जना चौधरी, उपाध्यक्षद्वय पंकज देव, रवि राय र खेलानन्द दास तथा थिम एडिटर सुनित मिश्रा को सहभागिता रहेको थियो भने प्रमुख अतिथिको रुपमा पतन्जली योग समिति प्रदेश २ का मन्त्री अमित कुमार साह र अतिथिहरु क्रमशः योग गुरु बद्रीराज भण्डारी, पतन्जली योग समिति सप्तरीका अध्यक्ष राम स्वरुप चौधरी लगायतको उपस्थिति रहेको थियो ।

Sponsored

यस्ता कार्यक्रमले स्वस्थ्य रहन मद्दत मिल्ने जेसीज अध्यक्ष सिद्धार्थले बताए । योग गुरु बद्री भण्डारीले योग अभ्यास गराएका थिए ।

शुभनारायण यादव

उहाँ सप्तरीका जिल्ला संवाददाता हुनुहुन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *