अमात जातीकाे अधिकारका लागि स्वजातीहरु एक जुट हुनुपर्नेमा जोड
टुडेपाटी-
सप्तरी , कार्तिक १३ गते ।
अमात जातिकाे हक अधिकारकाे लागि सम्पूर्ण स्वजातिहरुलाइ एक जुट हुनुपर्नेमा जाेड एक कार्यक्रमका सहभागीहरुले दिएका छन् ।
नेपाल अमात समाज कल्याण समिति जिल्ला कार्य समिति सप्तरीले अाज मावि गाेरगमामा अायाेजना गरेको शुभकामना अादान प्रदान तथा जनगणनाकाे लागि अन्तरकृया कार्यक्रममा सहभागी बक्ताहरुले साे कुरामा जाेड दिएका हुन् ।
कार्यक्रममा सहभागीहरुले यश अघिल्लो जनगणनामा मधेशका राय अमात जातीलाई पहाडि राई बनाएको प्रति आक्रोश ब्यक्त गर्दै अब अगामी दिनमा राज्यले यस्तो विभेद गरेको खण्डमा कडा अान्दोलन गर्ने चेतावनी समेत दिएका छन् ।
राज्यको हरेक निकायमा अमात जातिहरुकाे पनि सम्मान अधिकार पाउनुपर्नेमा जाेड दिदै कार्यक्रममा सहभागिहरुले यसका लागि सम्पूर्ण स्वजातिहरुलाइ एक ढिक्का भएर अगाडि बढन अनुरोध समेत गरेका छन् ।
समाजका चन्देश्वर मण्डलकाे अध्यक्ष्ातामा अायाेजित कार्यक्रममा समाजका केन्द्रीय सदस्य जागेश्वर राय ,लक्ष्मि राय ,धर्मलाल राय , रामकुमार राय , हरेराम राय , युवा पत्रकार शुभ नारायण यादव , बिनाेद कुमार मण्डल ,श्रवण राय लगायतका बक्ताहरुले स्वजातिहरुकाे अधिकार सुनिश्चितताकाे बारेमा जाेड दिएका थिए ।
Sponsored
समाजका रवि कुमार रायले सन्चालन गरेकाे साे कार्यक्रममा महिला नेतृ किरण राय , मनाेज राय , जगदिश मण्डल ,अरुण कुमार राय ,उदय कुमार मण्डल ,सत्यनारायण राय , सन्जय राय ,राम नारायण राय लगायतकाहरुले अा अाफ्नाे शुभकामना मन्तव्य ब्यक्त गरेका थिए ।