महोत्तरीमा नेपाली र भारतीय नक्कली नोट छाप्ने मेसिन सहित एकजना पक्राउ
टुडेपाटी-
जनकपुरधाम, कार्तिक ११ गते ।
महोत्तरीबाट नक्कली नेपाली र भारतीय रुपैयाँ छाप्ने मेसिन र रकमसहित एकजना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा गौशाला नगरपालिका ९ डुमरवानाका ४४ वर्षीय सुकन महतो छन् ।
हाल गौशाला नगरपालिका ५ स्थित गौशाला बजार स्थित महावीर दासको घरमा डेरा लिइ बस्दै आएका महतोलाई प्रहरीले बिहीबार बिहान १० बजे पक्राउ गरको हो ।
महतोको साथबाट जालीनोट बनाउन प्रयोग हुने उपकरण सहित बिभिन्न दरका नेपाली र भारतिय नोट प्रहरीले बरामद गरेको छ ।
नेपाली तयारी तथा कटिङ नगरेको नक्कली विभिन्न दरको नोट ८ लाख ८२ हजार ४२० रुपैयाँ, भारतीय बिभिन्न दरको कटिङ गरिएको र नगरिएको नक्कली नोट २ लाख ७७ हजार ९७० रुपैयाँ, विभिन्न दरको नेपाली सक्कली नोट ५ हजार ७० रुपैयाँ महतोको साथबाट बरामद भएको जिल्ला प्रहरी कर्यालय महोत्तरीका प्रहरी प्रवक्ता डिएसपी प्रकाश विष्टले जानकारी दिए ।
Sponsored
यस्तै नक्कली नोट छाप्ने प्रिन्टर मेशिन १ थान, रवर स्टाम्प १ थान, लालीगुरास छाप भएको फलामको ढ्याक ३ थान र महात्मागान्धी भएको फलामको ढ्याक १ थान, कम्प्युटर पेपर ३ रिम, काठको ट्रेस फर्मा २ थान लगायतको सरसमान बरामद भएको हो ।
पक्राउ पर्ने महतोमाथि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कर्यालय महोत्तरीले जनाएको छ ।