TodayPati

धनुषाको सराबेमा चर्चित संगीतकार सन्तोषको प्रयासमा सडक ढलान कार्य सुरु

टुडेपाटी-
जनकपुरधाम, असोज १२ गते ।

धनुषाको कमला नगरपालिकामा सडक ढलान कार्य सुरु भएको छ । पूर्वसहरी विकास मन्त्री प्रभू साहकै पालामा विनियोजन गरिएको बजेटबाट ढलान कार्य सुरु गरिएको हो ।

कमला नगरपालिका वडा नम्बर २ सराबे टोलस्थित चर्चित संगीतकार एवम् गायकसमेत रहेका स्थानीय अगुवा सन्तोष राज सहनीको विशेष प्रयासमा सो सडक ढलान कार्य सुरु गरिएको छ ।

Sponsored

मंगलबार विहान कमला नगरपालिकाका नगर प्रमुख राम उदगार गोईत र वडा नम्बर २ का वडाध्यक्ष धनेश्वर यादवसहित स्थानीय व्यक्तिहरुले संयुक्त रुपमा पूजापाठ गरी ढलान कार्यको शुभारम्भ गरेको स्थानीय अगुवा सन्तोष सहनीले जानकारी दिए ।

सराबे गाउँको विभिन्न ठाउँमा ६०० मिटरको सडकमा पीसीसी ढलान गरिने उनले बताए । प्रभु साह मन्त्री भएको बखत सहनीले व्यक्तिगत रुपमा विशेष पहल गरी सराबेको लागि ४५ लाख बजेट विनियोजन गराउन पहल गरेका थिए ।

सो क्रममा स्थानीय पवन सहनीको अध्यक्षतामा गठन गरिएको उपभोक्ता समितिले दिने श्रमदानसहित ५५ लाख रुपैयाँको बजेटमा सो सडक निर्माण हुनेछ । ढलान कार्य मंगलबारदेखि सुरु भएकोले एक महिनाभित्रै सबै कार्य सम्पन्न हुने विश्वास लिएको छ ।

Sponsored

वर्षौदेखि कच्ची रहेको सो सडकहरु ढलान हुन थालेपछि स्थानीयहरुमा उत्साह र हर्षाल्लास बढेको छ । अगुवा सहनीका अनुसार आगामी दिनमा समेत सराबेसहित अन्य आसपासका क्षेत्रहरुमा विकास निर्माणको लागि अग्रसर रहने प्रतिवद्धता व्यक्त गरे ।

सडक ढलानको उद्घाटनको लागि स्थानीयवासी, युवा, सञ्चारकर्मी तथा स्थानीय भद्रभलादमीको बाक्लो उपस्थिति रहेको थियो ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *